मंगलबारपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने, दलहरु आन्तरिक छलफलमा

File Photo

काठमाडौं – मन्त्रिपरिषद् विस्तार मंगलबारसम्म लम्बिने देखिएको छ । सत्ता गठबन्धन सम्बद्ध दलहरु मन्त्रालय भागबण्डाको अन्तिम टुंगो लाग्नुअघि आन्तरिक छलफलमा जुटेपछि मंगलबारसम्म मन्त्रिपरिषद विस्तार नहुने निश्चित देखिन्छ ।

कांग्रेसले मन्त्री छनोटबारे छलफल गर्न मंगलबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेताहरुका अनुसार बैठकले मन्त्री छनोटको अधिकार सभापति शेरबहादुर देउवाले दिने छ । यता सत्तासीन माओवादी केन्द्र पनि आन्तरिक छलफलमा छ ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्रीको जिम्मेवारी हेरफेर संवाद गरिरहेका छन् । माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने तयार छन् ।

प्रधानमन्त्री प्रचण्डले ती दलहरूसँग कति मन्त्रालय र कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा छुट्टाछुट्टै छलफल गरेका छन् । त्यही छलफलको आधारमा प्रधानमन्त्रीले आफ्नो प्रस्ताव पेस गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्