काँग्रेसबाट ७ मन्त्री र १ राज्य मन्त्री : यी हुन् मन्त्री बन्न लागेका ५ जना, २ जनाको नाम टुंगो लगाउन बाँकी

काठमाडौं – सत्ताको प्रमुख दल नेपाली कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुमा पाँच जनाको नाम टुंगिसकेको नेताहरुले दाबी गरेका छन् । कांग्रेसले आठ मन्त्रालयको दाबी गरे पनि सात मन्त्रालयमा चित्त बुझाउनुपर्नेमा नेताहरु विश्वस्त छन् । सात मन्त्री र एक राज्यमन्त्री हुने आकलन कांग्रेसभित्र छ ।

शीर्ष तहमा भएको छलफल र सभापति शेरबहादुर देउवाले दिएको आश्वासन लगायतले पाँच जनाको नाम टुंगिएजस्तै छ । कांग्रेस नेताहरुका अनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने निश्चित छ । प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको सूचीमा रहेको कांग्रेस स्रोतको दाबी छ ।

पाँच जनाको नाम करिब टुंगिएकाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम पार्टीभित्र चयन हुन बाँकी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्