इतिहासमा कांग्रेस पार्टीलाई नालायक बन्न दिदैनौं भन्ने संकल्प गर्नुपर्छ : धनराज गुरुङ

हेटौंडा – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक अप्ठ्यारो स्थितिमा भएकाे बताएका छन् । हेटौंडामा शनिबारदेखि सुरू भएकाे नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै उपसभापति गुरुङले  यस्ताे बताएका हुन् । देशलाई अप्ठ्यारो स्थितिबाट मुक्त गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएकाे उनले बताए । कांग्रेसको नेतृत्वमा देशको चरम आर्थिक संकटबाट पार लगाउन नसकेमा कांग्रेस नालायक हुने उनको तर्क छ ।

नालायकहरुले देश चलाई रहनुपर्छ सिंहदरबारमा बस्न पर्छ भन्ने आफूलाई नलागेकाे उनकाे भनाइ थियाे । इतिहासमा कांग्रेस पार्टीलाई नालायक बन्न दिदैनौं भन्ने संकल्प गर्नुपर्ने उनले बताए । संघीय सरकारमा र प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री हुनेले भ्रस्टाचार गर्ने छुट नपाउने, मन्त्रीहरुको कार्यशैलीको निगरानी गर्ने पनि उनले बताए । नेपाल शिक्षक संघको दोस्रो अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट शिक्षकहरु सहभागिता भएका छन् ।अधिवेशन आइतबारसम्म संचालन हुने भएकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्