वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरे

हेटौँडा– वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

आज बसेको प्रदेशसभाको बैठकबाट उहाँले विश्वासको पाउनु भएको हो । मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको छ । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो ।

उहाँको विपक्षमा १७ सांसद उपस्थितहुँदा ७ जना भने तटस्थ बस्नु भएको थियो ।

यसअघि राप्रपाका ३ जना मन्त्रीले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए ।

राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले आज सदनबाट दोस्रोपटक विश्वासको मत लिनु परेको हो ।

प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एस) ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् ।

मुख्य मन्त्री जम्मकट्टेललाई ५६ सांसदको समर्थन आवश्यक थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्