कथा वाचन तथा शैक्षिक सामाग्री निर्माण सम्मबन्धि ४ दिने तालिम सञ्चालन

कैलाली – समाबेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तरगत टिकापुर नगरपालिका र भजनिमा नगरपालिकामा  सञ्चालित  पढाई शिबिरका सहजकर्ताहरु लाई चार दिने कथा बाचन तथा शैक्षिक सामाग्री निर्माण सम्मबन्धि तालिम सञ्चालन गरिएको छ ।वल्डभिजन इन्टरनेस्नल को आर्थिक सहयोग  तथा बिकाशका लागि युुवा ऐक्यबद्धता (YARD) धनगढीको आयोजनामा  तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक महेन्द्र शाही बताए  ।

तालिममा सहजकर्ताहरुलाई कसरी  कथा वाचन गर्ने के कुरा मध्य नजर गर्ने  शैक्षिक सामग्री निर्माण गर्दा के के कुरा ध्यान पुराउने कसरी निर्माण गर्ने सम्बन्धि क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रशिक्षक यशु श्रेष्ठले बताए  हाल टिकापुर र भजनिमा गरि ४२ वटा पढाई शिबिरहरु १७ जना सहजकर्ताहरु रहेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्