सुदूरपश्चिम प्रदेशको बालबालिका सम्बन्धि नियमावलीको अन्तिम मस्यौदा हस्तान्तरण

प्रेम जोशी, कैलाली – दिन सामाजिक बिकाश मंत्रालयको आयोजना र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बाल कल्याण संघ टीकापुरको सहकार्यमा एक कार्यक्रमका बिच मंत्रालयलाइ हस्तान्तरण गरिएको छ | गत भदौ महिनामा पहिलो चरणको छलफल बैठक पश्चात मस्यौदा लेखन सुरुवात गरिएकोमा गत पौष महिनामा दोश्रो चरणको सुझाब संकलन बैठक आयोजना गरिएको थियो | उक्त बैठकमा मंत्रालय लगायतका विभिन्न सरोकारवालाहरुले उक्त बालबालिका सम्बन्धि नियमावलीको पहिलो मस्यौदामा विभिन्न सुझाबहरु राख्नु भएको थियो | सोहि सुझाबहरुलाइ एकीकृत गर्दै बालबालिका सम्बन्धि अन्तिम मस्यौदा तयार गरिएको थियो |
सुदुरपस्चिम प्रदेशको बालबालिका सम्बन्धि ऐनले दिएको अधिकार प्रयोग गर्दै र ऐनले नसमेटेका कुराहरुलाइ बालबालिका सम्बन्धि नियमावलीमामा समाबेस गरिएको अधिबक्ता चन्द्रिका प्रसाद खतिवडाले जानकारी दिनु भयो | अधिबक्ता खतिवडाले यस बालबालिका सम्बन्धि नियमावलीको मस्यौदा निर्माणमा प्रमुख भूमिका निभाउनु भएको छ | विभिन्न चरणको छलफल र परामर्श पश्चात उक्त बालबालिका सम्बन्धि नियमावलीको अन्तिम मस्यौदा सामाजिक विकास मंत्रालयलाइ हस्तान्तरण गर्न लागिएको वर्ल्ड भिजन इन्टरनेसनल नेपालक फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले बताउनु भयो | उक्त बालबालिका सम्बन्धि नियमावलीले बालबालिका सम्बन्धि विभिन्न कामहरु गर्न र ऐनमा निर्दिस्ट नगरिएका कुरा हरु सुरुवात गर्न अत्यन्तै सहज हुने विश्वास लागिएको उक्त कार्यक्रममा सहभागीहरुले बताउनु भयो |

उक्त मस्यौदा हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मंत्रालयका तर्फबाट महिला तथा बालबालिका बिकाश अधिकृत, सामाजिक बिकाश मंत्रालयकै विभिन्न तहका अधिकृत, सुदुरपस्चिम प्रदेश मुख्यमन्त्रिको कार्यालयबाट सचिब र सह सचिब, सामाजिक विकास कार्यालय, प्रदेश प्रहरी कार्यालय, इलाका प्रसासन कार्यालय, मालाखेती, धनगडी उपमहानगरको कार्यालय, जिल्ला प्रसासन कार्यालय र विभिन्न सामाजिक तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेका सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको को उपस्थिति रहेको थियो | उक्त अन्तिम मस्यौदा प्रदेशको क्याबिनेटबाट पारित हुन भने बाकि रहेको छ र पारित भैसकेपश्चात उक्त नियमावलीले अधिकारिक रुपमा सुदुरपस्चिम प्रदेशको बालबालिका सम्बन्धि नियमवालीको हैसियत पाउने छ | यस नियमावलीले बालबालिका सम्बन्धि धेरै कुराहरु सम्बोधन गरेको बाल कल्याण संघका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले बताउनु भयो | बाल कल्याण संघले वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को साझेदारीमा कैलाली जिल्लामा बाल संरक्षण परियोजना संचालन गर्दै आइरहेको छ | अति जोखिममा परेका बाल बालिकाको क्षेत्रमा काम गर्दै आइरहेको वर्ल्ड भिजन इन्टरनेसनल नेपालले कैलाली लगायत कंचनपुर, डोटी, अछाम, बझांग, जुम्ला, दैलेख र जाजरकोटमा विभिन्न साझेदार संस्थासंगको सहकार्यमा बाल संरक्षण, जिबिकोपार्जन तथा समाबेसी तथा गुणस्तरिय शिक्षा लगायतका परियोजनाहरु संचालन गर्दै आइरहेको छ |

सुदूरपश्चिम प्रदेशको बालबालिका सम्बन्धि नियमावली निर्माणमा प्राबिधिक रुपमा ब्य्वास्थापकिय भूमिका खेलेको वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बाल कल्याण संघ टीकापुरलाइ आभार प्रकट गर्दै उक्त बालबालिका सम्बन्धि नियमावली हस्तारण कार्यक्रममा उक्त नियमावलीको मस्यौदालाइ सकभर चाडो पारित गराउनका लागि आफुले बाकी रहेका कामका लागि भूमिका खेल्ने सुदुरपस्चिम प्रदेश सचिब गणेश बहादुर सिंहले सामाजिक बिकाश मंत्रालयको तर्फबाट प्रतिबद्धता जाहेर गर्नु भयो | उक्त अन्तिम मस्यौदा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले सामाजिक बिकास मंत्रालयका प्रदेश सचिब गणेश बहादुर सिंहलाइ हस्तान्तरण गर्नु भएको थियो |

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्