दोधारा चाँदनीमा तीन महिने विद्युत जडान तालिम सम्पन्न

कञ्चनपुर, दोधरा- भोजराज पन्त
कञ्चनपुको दोधारा चाँदनी नगरपालिका वडा नंम्वर ६ मा बुधवार तिन महिने विद्युत जडान तालिम सम्पन्न भएको छ ।
व्यवसायिक तथा सिपविकास तालिम केन्द्र महेन्द्रनगर र दोधराचाँदनी नगरपालीका वडा नंम्वर ६ वडा कार्यालयको संयुक्त आयोजना सञ्चालन भएको विद्युत जडान तालिमको समापन कार्यक्रम वडाका सदस्य गणेश मगर को सभापतित्वमा सम्पन्न कार्याक्रमा प्रमुख अतिथि दोधरा चाँदनी नगरपालिकामा नगर प्रमुख किश्वर कुमार लिम्बु रहनु भएको थियो ।

कार्यक्रमलाई शुभकामना मनतव्य दिदै नगरप्रमुख लिम्बुले भन्नु भयो अहिलेको युग प्रबिधिको युग हो, मानव जिवनमा यो तालिमले महत्व पुर्ण भुमिका खेल्ने छ , अव विदेश जानु पर्ने भए पनि यो सिप प्रमाण पत्रले महत्व पुर्ण भुमीका खेल्ने छ ।
यो तालिम लिएर सवैले काम सुरु गर्नु हुने छ भन्ने आशा व्यक्त गर्नु भयो ।

सबैले सिप सिकेर कार्य सञ्चालन गर्याे भने सरकारले गरेको खर्चको सदुपयोग हुने छ नगरप्रमुख लिम्वुले भन्नु भयो ।
व्यवसायिक तथा सिपविकास तालिम केन्द्र महेन्द्रनगर र दोधराचाँदनी नगरपालीका वडा नंम्वर ६ को वडा कार्यालयको संयुक्त आयोजना सञ्चालन भएको विद्युत जडान तालिममा महिला चार र पुरुस १६ गरी २० जना सहभागी रहेका थिए । कार्यक्रम सञ्चालन तालिममा सहभागी दशरथ भट्टले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्