संघदेखि प्रदेशसम्मका सरकारको नेतृत्व आलोपालो हुन्छ- प्रधानमन्त्री

File Photo

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ ।

गोरखाको पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएकोले राजनीतिक स्थिरता र स्थायित्व कायम हुने बताउनुभयो ।

सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ- प्रधानमन्त्री दाहालले भन्नुभयो ।

नेपाली काँग्रेस र अन्य पार्टीसँग सरकार विस्तारको विषयमा गम्भीर संवाद छलफल सुरु भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संघदेखि प्रदेश सरकार पुनर्गठन हुने र सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा गठबन्धन दलहरुसँग छलफल सुरु भएको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले सडक विकासको पहिलो आधारशिला भएकोले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको पनि बताउनुभयो ।

नेपाल टेलिभिजन 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्