दार्चुलाका स्थानीय तहहरुले न त तथ्याङ्क संकलन गरे, न त क्वारेन्टाइन नै बनाए : सीमा क्षेत्रमा आएका नागरिक ३ दिन देखि अलपत्र

दार्चुला – भारतको विभिन्न ठाउँबाट ज्याला मजदुरी गरेर नेपाल आउन खोजेका नेपालीहरु सीमानाकामा अलपत्र परेका छन् । करिब तीन चार दिन देखि अलपत्र परेका नागरिक हरुको उद्धार गर्न तिनै तहका सरकार मुकदर्शक बनिरहेका छन् । सीमावर्ती क्षेत्रमा पुगिसकेका नागरिकरुलाई नेपाल प्रवेश गर्न दिन संघीय सरकारले उर्दी जारी गरे पनि स्थानीय तहको वेवास्ताका कारण अलपत्र परेका नागरिकहरुको उद्धार हुन सकेको छैन । ३ दिन सम्म सीमा क्षेत्रमा बसेर नाराबाजी गर्दा पनि कुनै सुनुवाई नभए पछि आफ्नो ज्यान जोखिमा राख्दै महाकालीमा पौडी खेलेर नेपाल तर्फ आइरहेका छन् ।

संघीय सरकारले प्रत्येक गाउँपालिकालाई ५ सय र नगरपालिकालाई १ हजार क्वारेन्टाइन अनिवार्य बनाउन भने पनि दार्चुलाका स्थानीय तहहरुले त्यसको सुरसार नै गरेको देखिदैन । त्यहि क्वारेन्टाइनको अभावमा नाकामा अलपत्र नागरिकहरुलाई नेपाल प्रवेश गराउन समस्या भएको दार्चुला प्रशासनले जनाएको छ । त्यस्तै भारत वा तेस्रो मुलुकबाट आएका प्रत्येक नागरिकको तथ्याङ्क संकलन गर्न संघीय सरकारले स्थानीय तहहरुलाई पत्राचार गरे पनि अहिले सम्म गाउँपालिकाको कुनै पनि निकायबाट तथ्याङ्कक संकलन गर्न कोहि नआएको स्थानीयबासीहरुले बताएका छन् ।

स्थानीय तहहरुको लापरवाहीका कारण दार्चुलामा मात्र नभइ सुदूरपश्चिममा नै कोरोनाको महामारी नआउला भन्न सकिने अवस्था छैन । भारतबाट यतिबेला ठुलो संख्यामा नेपालीहरु भित्रिएपनि होम क्वारेन्टाइनमा बस्नुको साटो गाउँ गाउँमा तास खेलेर डुल्ने गरेको र भेटघाटमा व्यस्त रहेको स्थानीयहरुले बताएका छन्, तर त्यसै गाउँमा बस्ने गाउँपालिका वा नगरपालिकाका जन प्रतिनिधिहरुले भने खासै चाँसो देखाएका छैनन् एक स्थानीयले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्