अवैध लागूऔषध खैरो हेरोइन सहित कञ्चनपुरबाट २१ वर्षीय युवक पक्राउ

कञ्चनपुर – भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहित महरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै चितवनको राप्ती नगरपालिका-२ राईटोलबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित सोही ठाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ७० मिलिग्रामसहित  बर्दिया मधुवन गाउँपालिका-६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियादेखि काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३५३१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्