देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही भू-भागहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशको पहाडी र तराईका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, देशका पहाडी र तराईका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्