कागेश्वरी मनोहरा नगरपालिकाले गर्‍यो १३ करोड बढी राजस्व संकलन

काठमाडौं – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म्म १३ करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकको फागुन मसान्तसम्म १३ करोड १० लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

दोस्रो चौमासिकको अन्तिम अर्थात फागुन मसान्तसम्म नगरपालिकाले वडा नंम्बर १ बाट ३६ लाख १७ हजार, वडा नम्बर २ बाट सबैभन्दा कम १७ लाख ६७ हजार रुपैयाँ र वडा नम्बर ३ बाट २३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै चालु आर्थिक वर्षको दुई चौमासिक सम्म  वडा नम्बर ४ बाट ५० लाख १३ हजार रुपैयाँ, वडा नं. ५ बाट ७९ लाख ५६ हजार रुपैयाँ, वडा नं. ६ बाट १ करोड ४८ लाख १८ हजार रुपैयाँ र  वडा नं. ७ बाट १ करोड ५४ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी नगरपालिकाले वडा नम्बर ८ बाट एक करोड २ लाख ६४ हजार रुपैयाँ र वडा नं. र ९ बाट  २ करोड ४० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै कागेश्वरी मनहराको १० नम्बर वडाबाट सबैभन्दा बढी ४ करोड ५६ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्