नेपाल र पीएनजीबीच खेल हुँदै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज (सोमबार) पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा सहज जित निकाल्ने मौका छ ।

आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । त्यसपछि दोस्रो खेलमा आइतबार यूएईलाई १७७ रनले हराएको थियो ।

नेपालले विश्वकप लिग–२ को अन्तिम खेल  चैत २ मा यूएईसँग खेल्नेछ । लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्