बेष्ट ग्रुप भीजन आइडल अन्तर्गत गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

काठमाडाैं – बेष्ट ग्रुप भीजन आइडल अन्तर्गत गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार काठमाडौँको पुरानो सिनामंगल (पेप्सीकोला) मा रहेको बेष्टग्रुप भीजन स्कुलमा आयोजना भएको साँस्कृतिक कार्यक्रम तथा बेष्ट ग्रुप भीजन आइडल सम्पन्न भएको हो । बरिष्ठ गायक लाक्पा शेर्पाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा फिजमका अध्यक्ष तथा भिमेश्वर स्कुलका संस्थापक प्रिन्सिपल अमृत खड्का, अर्किड प्युपल सेकेण्डरी स्कुलका संस्थापक प्रेमकुमार भुजेल लगायत अन्य स्कुलका प्रिन्सिपल, पूर्व विद्यार्थी, सञ्चारकर्मी, अभिभावक, विद्यार्थी उपस्थित रहेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिदै स्कुलका संस्थापक सुनिल केसी खत्रीले विद्यार्थीको पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता गर्ने यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस्तै विद्यार्थीको प्रतिभालाई अभिभावकहरु समक्ष प्रस्तुत गर्न अभिभावकलाई समेत आमन्त्रण गरेको जानकारी दिनुभयो ।

यसैगरी कार्यक्रममा गायन प्रतियोगितातर्फ अशोक खड्का प्रथम, स्रयोग लामा, द्धितीय, संविद खत्री तृतीय तथा सजिना कार्की र निमा लामालाई सन्त्वना प्रदान गरिएको छ । उत्कृष्ट पाँच जनालाई मेडल, प्रमाणपत्र लगायतले सम्मान गरिएको थियो । जसको निर्णायकको भूमिकामा गायक राजकुमार रायमाझी रहनुभएको थियो ।

यस्तै नृत्यतर्फ लक्ष्मी केसी प्रथम, आकृति राई द्धितीय, बिपना चौधरी तृतीय र गरिमा गौतम चौथो भएकी छिन् । उनीहरुलाई प्रमुख अतिथि, कार्यक्रमका सभापतिले प्रमाणपत्र, मेडल सहित सम्मान गरिएको थियो । जसको निर्णायकको भूमिकामा अजय डंगोल रहनुभएको थियो । कार्यक्रममा निर्णायकद्वय तथा गायक लक्षुप्रकाश मल्ललाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले कक्षागतरुपमा नृत्य प्रस्तुती दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्