पपुवा न्युगिनी विरूद्धको खेलमा नेपाल ५२ रनले विजयी

काठमाडाैं– आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) विरूद्धको खेलमा नेपाल ५२ रनले विजयी भएको छ ।
नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयाे ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो ।

याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ ।  नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाकाे अर्काे खेलमा नेपालले आइतवार यूएईसँग खेल्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्