आसिफको शतकमा नेपालद्वारा पीएनजीलाई २९८ रनको लक्ष्य

काठमाडौँ – आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९ ओभरमा १ बलमा सम्पुर्ण विकेट गुमाएर २९७ रन बनायो ।

नेपालको एकदिवसीय क्रिकेटमा यो हालसम्मको धेरै योगफलहो । यो भन्दा पहिला नेपालले नामिबियाविरुद्धको खेलमा २८६ रनको लक्ष्य पछ्याउँदै २८७ रन बनाएको थियो । नेपालका लागि आसिफले ११० बल खेल्दै १० चौका र २ छक्काको सहयोगमा ११० रन बनाए। नेपालका लागि कुसल भुर्तेलले ४५ रन बनाउदा भिम सार्कीले ४४ रनको योगदान गरे ।

नेपालका कप्तान रोहित कुमार पौडेलले ३० रन जोडे । पीएनजीका लागि सेमो कामियाले पाँच विकेट लिए । त्यस्तै रिले ह्याकुरेले पनि तीन विकेट लिए ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालले यो सिरिजमा हुने चारै खेल जित्न सकेमा नेपाल विश्वकप छनोटमा पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्