नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको आरएनसी ट्रेडिङमा प्रशासनको अनुगमन, तत्काल बन्द गर्न निर्देशन

बझाङ – नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको आरएनसी ट्रेडिङ प्रालिमा जिल्ला प्रशासन कार्यलय बझाङले अनुगमन गरेको छ । सोमबार बिभिन्न सञ्चार माध्यममा आरएनसी ट्रेडिङ प्रालिको नेटवर्किङ विजनेशका कारण स्थानीयहरु ठगिदै भन्ने समाचार प्रसारण प्रकाशित भएपछि आज मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनको नेतृत्वमा उक्त संस्थाको अनुगमन गरिएको हो।

अनुगमनको क्रममा उक्त संस्थाले नियम बिपरीत काम गरीरहेको फेला पारेपछि आजदेखि नै बन्द गर्न निर्देशन दिइएको छ । प्रत्येक्ष विक्री व्यवस्थापन तथा नियन्त्रण गर्ने ऐन २०७४ को परिच्छेद २ बमोजिम इजाजत सम्बन्धि व्यवस्था अनुसार आरएनसी ट्रेडिङले परिच्छेदको दफा ३ बमोजिम इजाजत प्राप्त नगरी वस्तुको प्रत्येक्ष बिक्रीवितरण सम्बन्धि कार्य गरेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै कम्पनीका प्रकाश बहादुर चन्दको नाममा नगरपालिकामा व्यवसाय दर्ता भएको, स्थायी लेखा नम्बर, कम्पनीको रजिस्ट्रारको कार्यालयमा दर्ता नभएको र घरेलु तथा साना उद्योग कार्यालय बझाङमा समेत दर्ता नभएको पाइएको बताइएको छ ।

अनुगमन टोलिको रोहवरमा प्रक्रियागत ढंगबाट सञ्चालन नभएको आरएनसि ट्रेडिङ कार्यालयलाई आजकै मिति देखि बन्द गर्ने निर्णय गरिएकोको अनुगमन समितीका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले बताए ।

सदरमुकाम चैनपुरमा खोलिएको आरएनसी प्रालिले छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहन गर्ने, आफ्ना सदस्य ग्राहक मार्फत अर्को नयाँ व्यक्तिलाई ग्राहक बनाउन हौस्याउने र आफ्नो सञ्जाल अन्तर्गत बिक्री गरे बापत कमिसन दिने भन्दै पिरामिड संरचनाको कार्यक्रम मार्फत ठगी गरिरहेको यस कम्पनीमा जिल्लाका दुई सयभन्दा बढी मानिस आबद्ध भइसकेको बझाङ शाखा प्रमुख बताउने प्रकाश चन्दले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनको नेतृत्वमा जिल्ला समन्वय समितीका यज्ञ राज खत्री, उद्योग बाणिज्य संघका निम थापा, घरेलु तथा साना उद्योग कार्यालयका दशरत बहादुर जर्पेल लगाएतको टोलिले अनुगमन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्