अपिहिमाल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ कि २२ वार्षिय सुरन्ती वैरेको सोमबार हेलिकप्टरबाट उद्धार गरिएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए ।

आइतबार राती ८ बजे देखि सुत्केरी बेथा लागेकि वैरेलाइ खण्डेश्वरी स्वास्थ चौकी लगीएको  भए पनि  लामो समय सम्म सुत्केरी बेथा लागेको र बच्चा जन्माउन नसकेपछि थप उपचारका लागी नेपाली सेनाको एन ए ०६६ नम्बर को हेलिकप्टरबाट सुर्खेत लगिएको अध्यक्षा बोहराले जानकारी दिए । अध्यक्ष बोहराका अनुसार बच्चाको पेटभित्रै मृत्यु भएको छ भने आमाको अवस्था समेत गम्भीर छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्