सुनको भाउ निरन्तर ओरालो

काठमाडौं – सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेर आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्