दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर पार्किङ निषेधको विरोध गर्ने

काठमाडौं – दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर विरोध गर्ने भएका छन् । काठमाडौँ महानगरपालिकाविरुद्ध व्यवसायीहरु विरोध गर्न लागेका हुन् । सडक किनारमा महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी व्यवसायीहरुले आज साढे ४ बजेदेखि साढे ५ बजेसम्म एक घण्टा सटर बन्द गर्दैछन् ।

काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ निषेध गरेदेखि ग्राहकको चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्