नेपाल व्यापार सघंको आयोजनामा शनिवार बृहत बनभोज कार्यक्रमको आयोजना

काठमाडौं – नेपाल व्यापार सघंको आयोजनामा शनिवार बृहत बनभोज कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको चोभारमा भव्य बनभोज कार्यक्रम सम्पन्न गरिएको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा कर कार्यालय, त्रिपुरेश्वरका प्रमुख जगदिश्वर उपाध्याय, कर कार्यालय न्यूरोड शाखा प्रमुख शशि भट्टराई र कर कार्यालय ठमेलका प्रमुख दिलिप कुमार अधिकारी, नेपाल टेलिभिजनका प्रस्तोता किशोर निरौला, उपहार खबरका सम्पादक रामदत्त मिश्रलाई सम्मान गरिएको छ ।

यसैगरी सल्लाहकार समितिमा मनोनित सदस्य तथा व्यापार संघमा योगदान पु¥याएका पदाधिकारीहरुलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुलाई नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले सम्मान पत्र प्रदान गरेका थिए भने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले खादा लगाई सम्मान गरेका थिए । नेपाल व्यापार संघकोतर्फबाट उपाध्यक्ष पार्वति भट्ट, दुर्गा बहादुर गौतम, दिपक प्रसाद सापकोटा, मनोहरी सुवेदी, जय कृष्ण शर्मा, कुमार थापा, तेज प्रसाद आचार्य, अर्जुन चौलागाई , विष्णु गौतम, इन्जिनियर नविन सराफ, विष्णु आचार्य गुरु, होम ढंगाल, इन्जिनियर मुना देवकोटा, रुपा केशी, मित्रलाल न्यौपाने सम्मानित भएका थिए । यस्तै लाईफ टाइम एचिभमेन्टबाट रुवयनाथ कोइराला, श्याम प्रसाद बजगाई, सुकुन्द प्रधान, सन्जन कुमार अग्र्रवाल, श्याम रुङगटालाई सम्मान गरिएको थियो । राष्ट्रिय कलाकार प्रदिप रोक्का र कल्पना दाहाललाई समेत सम्मान गरिएको थियो ।

नेपाल व्यापार संघ २०४७ सालमा स्थापना भई साना तथा मझौला व्यापारीहरुको हक, हित र सम्मुनतका लागि लडदै आएको सस्था हो । संस्थाको क्षेत्र विस्तारमा अध्यक्ष गौतम कटिबद्ध भइ लागिपर्नुभएको छ । संघमा व्यापारीहरुको सहभागिता तथा संस्थालाई अघि बढाउन खेलेको भूमिकाको कार्यक्रममा उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा करिब सात सय जनाको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्