स्याउला काट्न ज‌गंल हिडेकि लेकम २ गराडीकि कमलाको भीरबाट खसेर निधन

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं २ गाराडीमा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ । गराडीको धामिगाउँ बस्ने कमला धामीको स्याउला काट्नेबेला भीरबाट खसेर निधन भएको हो ।

कमल सिँह धामीकी पन्ती तथा मृतक धामी अति मिलनसार, मिजासिलो स्वभाव र गरिब परिवारकी सदस्य हुन् । दुइ छोरा र दुइ छोरीकी आमा हुन । यहिँ मिति २०७९ साल फागुन महिना ७ गते उहाँ बिहानै उठेर आफ्नो नित्यकर्म गरी आफ्ना छोराछोरीलाई उठाउछिन, छोरा छोरी उठेपछि आमा हामी गोकुलेश्वर मेला हेर्न जान्छु भन्दै तयार हुन थाले । दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा शिवरात्रीदेखि पाँचदिन सम्म मेला चल्ने गर्दछ । आमाको मन त भयो नाई भन्न नसकि छिटो छिटो खाना पकाइ खुवाएर समय मै घर पुग्नु है म बाटो हेरेर बस्ने छु भन्दै बच्चाहरुलाई मेला पठाइन र आफु बन/जंगलतिर घाँस काट्न भनि हिँडिन् ।

उनले एक भारी जति घाँस काटिसक्नु भएको थियोे तर घरमा पशुचाैपाया/ गाईभैँसी धेरै भएको कारण र त्यो दिन घरमा नि अरू घाँस काट्ने मान्छे नभएकाले अलि पर भिरमा राम्रो स्याउला देखिन् र त्यसलाई पनि काट्न निशाना बनाइन् । उक्त स्याउला काटिसकेपछि दिनभरि लाई पुग्ने भन्दै उक्त भीरतिर उक्लिन । स्याउला काट्न सुरु गर्नुभयो तर अकस्मात् उनी त्यो भिरबाट निकै तल खसिन् र गम्भीर घाइते भइन् ।

उनी भीरबाट खसेको थाहा पाएपछि उनको उद्दार गरि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरियो । अस्पतालबाट डिस्चार्ज गरि घर लग्नेक्रममा उनले मृत्युको बाटो रोजिन् र उनी ४ बच्चालाई टुहोरो बनाइ सधैको लागि बिदा भइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्