नेसनल प्याब्सनका अध्यक्ष हमाल सहितको टोलीले गर्‍यो राष्ट्रपति सँग भेटवार्ता, मुलुकको वर्तमान अवस्थाका बारेमा छलफल

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का केन्द्रीय अध्यक्ष पाण्डव हमाल नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।

मंगलबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर अध्यक्ष हमाल सहित नेसनल प्याव्सनका महासचिव, उपमहासचिव र कोषाध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट वार्ता गरेका हुन् ।
वर्तमान समयमा देशमा उत्पन्न समस्या, मुलुकको समग्र शिक्षा, राजनीति र आर्थिक अवस्थाका बारेका राष्ट्रपति सँग छलफल भएको अध्यक्ष हमालले उपहारखबरलाई जानकारी दिए । शैक्षिक क्षेत्रको विकृति र समस्याहरुका बारेमा राष्ट्रपतिसँग कुराकानी भएको छ । ‘हामीले शैक्षिक क्षेत्रको विकृति र समस्याहरुका बारेमा राष्ट्रपति ज्यू सँग कुराकानी गरेका छौँ ।’ अध्यक्ष हमालले भने, ‘नयाँ शैक्षिक सत्रको सुरुवात हुनै लाग्दा समेत विद्यार्थीहरुले अझै पाठ्यपुस्तक नपाएको अवस्था छ, हाम्रो विभागीय मन्त्रालय मन्त्री विहिन छ, यस विषयमा हामीले उहाँ (राष्ट्रपती) सँग छलफल गरेका छौँ ।’

आफुहरुले उठाएका मुद्धाहरुलाई राष्ट्रपति भण्डारीले सकारात्मक रुपमा लिएको अध्यक्ष हमालले बताए । ‘महामहिम राष्ट्रपती ज्युले हाम्रो कुरालाई अत्यन्तै महत्त्वपूर्ण र गम्भीरतापुर्वक लिनु भएको छ ।’ अध्यक्ष हमालले भने, ‘राष्ट्रपति ज्यू ले यसबारेमा आफुले सक्दो पहल गर्ने बताउनुभएको छ ।’

पछिल्लो समय देशमा उत्पन्न राजनीतिक तरलता, आर्थिक मन्दी लगायतका विषयमा समेत अध्यक्ष हमाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग छलफल गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्