ढिलासुस्तीबिरूद्ध नेकपा बहुमतले पूर्बाधार कार्यालय र सडक डिभिजन कार्यालय घेराउ गर्ने

कञ्चनपुर – कञ्चनपुर जिल्लामा पूर्वाधार विकासका कार्यमा ढिलासुस्ती तथा लापरवाही भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी बहुमले आपत्ती जनाएको छ । कञ्चनपुरको पुर्बाधार विकास कार्यालय मातहत विभिन्न योजनाहरू लामो समयदेखि अलपत्र परेको भन्दै ध्यानाकर्षण गराएको छ । कलुवापुर–बेलौरि–बेल्डाँडी–दोमिल्ला सडक निर्माणकार्य मा भएको चरम ढिलासुस्ती तथा बंक –नाइल –बुडर सडक निर्माणकार्यमा लामो समयदेखि भइरहेको चरम ढिलासुस्ती बिरुद्ध यहि १६ गते पूर्वाधार कार्यालय कञ्चनपुर घेराउ गर्ने कार्यतालिका तय गरेको छ । बिहान १० बजे पुर्बाधार कार्यालय र दिउँसो १ बजे सडक डिभिजन कार्यालय कञ्चनपुर घेराउ गर्ने नेकपा बहुमतका शुक्लाफाँटा नगर इन्चार्ज बहादुर सिँह महराले बताए ।

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नंं १ को ओदाल खोलामा पुल निर्माणकार्य अलपत्र तथा लालझाडि गाउँपालिकामा निर्माणाधीन पुल निर्माण कार्य अलपत्र बिरुद्ध समेत घेराउ कार्यक्रम हुने भएकाले सहभागी हुन अपिल गरेको छ।

घेराउ कार्यक्रम घाेषणा भन्दा १ महिना अगावै शान्तिपुर्ण तरिकाले उल्लेखित कार्यालयहरुलाइ सचेत गराउदा पनि निर्माणकार्य अगाडि नबढेकोले बाध्यताबस घेराउ कार्यक्रम गर्नुपर्ने स्थिति सृजना भएको इन्चार्ज महराले उपहार खबरलाई बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्