सप्तरीमा खाना पकाउने ग्यासको अभाव, कालोबजारी समेत हुन थालेको उपभोक्ताको गुनासो

सप्तरी – सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ ।

कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरीमा खाना पकाउने ग्यासको अभाव भएको हो ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अह्वान गरेको लकडाउनले जिल्लाको विभिन्न ठाउँका बजार, पसल पूर्णरुपमा बन्द भएका कारण सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले गुनासो गरेका छन् । राजविराजका ग्यास विक्रेता ग्यास अभाव रहेको भन्दै उपभोक्तालाई बढी मूल्यमा बिक्री वितरण गरी केही स्थानमा ग्यासको कालोबजारीसमेत भइरहेको उपभोक्ताले बताएका छन् ।

कोशी ग्यास डिलर राजविराजका अनुसार राजविराज नगरपालिका क्षेत्रभित्रै तीन हजार ग्राहक रहेको भन्दै समयमा ग्यास नआएका कारण अहिले ग्यासको हाहाकार भएको जनाएको छ । ग्यास डिलरमा विगत १०÷१५ दिन अगाडि खाली सिलिन्डर लाइनमा लगाएकाले अहिले ग्यासको अभावमा उनीहरुलाई दिनसमेत नसकेको ग्यास विक्रेताले बताएका छन् । राजविराज बजार क्षेत्रमा सुविधा, कोशी, कमख्या, प्रिमिया, सुपरलगायत एक दर्जन डिलर रहे पनि अहिले ती डिलरमा ग्यास अभाव रहेको डिलरका विक्रेताको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्