अपिहिमाल –४ मा ग्रामीण अ‍ौद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा ग्रामीण अ‍ौद्योगिक ग्राम स्थापना हुने भएको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद बैठकले मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ गरी आठ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । अ‍ौद्योगिक ग्राम स्थापनाको लागि जग्गा समेत प्राप्त भइसकेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए । उनले जग्गा दान गर्नुहुने चौबिसन बासि सबै जग्गाधनीहरु धन्यवाद समेत ज्ञापन गरेका छन् । साथै अ‍ौद्योगिक ग्राम स्थापनाको लागि सहयोग गर्नु हुने पूर्व मन्त्री तथा माननीय सांसद दिलेन्द्र प्रशाद बडु , उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारी, प्रदेश सभा सदस्य तथा पूर्ब मन्त्री मानबहादुर धामी लगायत सबै सहयोगीहरुलाई अध्यक्ष बोहराले हार्दिक धन्यवाद दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्