‘लकडाउन’को पाँचौ दिन : नेपाल प्रहरीको कडा एक्सन, एका विहानै १ सय ३९ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं – कोरोना रोकथामका लागि लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने विरुद्ध प्रहरीले कडा एक्सन लिन थालेको छ ।

लकडाउनको पाँचौ दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।

जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्