आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी

काठमाडौँ – आज प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। भोलि र पर्सी देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अुनरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्