दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो । माटोले च्यापिएर ३५ वर्षीया श्रीमति कलावती धामीको मृत्यु भएको प्रहरीले बताएको छ ।

घरमा प्रयोग गर्नका लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर धामीको ज्यान गएको बताइएको छ । मृतक धामीका दुई छोरा र एक छोरी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्