मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने

मधेश प्रदेश – मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । भोलि नै उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो । माओवादी केन्द्रबाट सुनिता यादव मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने पक्कापक्की भएको छ ।

सहिद रामवृक्ष यादवकी छोरी सुनिता यादव मन्त्री हुन लागेकी हुन् । माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने सहमति अनुसार एउटामा भरत प्रसाद साह र अर्कोमा सुनिताको नाम दाबी भएको छ । सुनिता यादव समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य बनेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्