रास्वपाको निर्णायक बैठक आज बस्दै

File Photo

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे बस्दैछ। शनिबार राति साढे ८ बजेदेखि आकस्मिक रूपमा बसेको रास्वपाको बैठकमा आज पुनः बसेर निर्णयमा पुग्ने सहमति भएको हो। सभापति रवि लामिछानेले आवश्यक परेमा आइतबार संसदमा नगईकन बैठकमा सहभागी हुने बताएका छन्।

यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका उपनेता विराजभक्त श्रेष्ठले बताए। उनले आज बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारेर आवश्यक निर्णय गर्ने बताए ।

रास्वपाले आफूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले दुई दिनका लागि बैठक स्थगित गरिएको थियो।

बिहीबारको रास्वपाको बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड तथा एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले दुई दिन पर्खौं भनेका थिए। शनिबारै सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै छलफल जारी रहेको र समस्याको समाधान हुने बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्