फिजम ग्रामर अन्तरविद्यालय फुटवल प्रतियोगिता २०७९ को उपाधि नेक्सस स्कुललाई

काठमाडौं – फिजम ग्रामर अन्तरविद्यालय फुटवल प्रतियोगिता २०७९ को उपाधि नेक्सस स्कुलले जितेको छ । शनिवार भक्तपुर युथ क्लबको फुटवल मैदानमा भएको फाइनल खेलमा नेक्सस स्कुलले बेष्ट ग्रुप भीजन स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा कुनै टीमले गोल गर्न सकेका थिएनन् । त्यसपछि १०/१० मिनेट समय थप गरिएको थियो । जसमा नेक्ससले गोल गर्न सफल भयो । यसैगरी बेष्ट ग्रुप भीजन स्कुल द्धितीय भएको छ ।  मोनाष्टिक पब्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दैै ग्रामर स्कुल तृतीय भएको छ भने मोनाष्टिक पब्लिक स्कुल चौथो भएको कार्यक्रम संयोजक तथा सचिव सुनिल केसीले बताउनुभयो । यसैगरि फिजम रनिङ ट्रफि समेत नेक्ससले प्राप्त गरेको छ ।

फाइनल खेलमा प्रमुख अतिथिको रुपमा काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम, फिजमका अध्यक्ष अमृत खड्काले विजयी टीमलाई ट्रफि, मेडल सहित प्रमाणपत्र दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले खेलाडीहरुको हौसला बढाउन फिजलमले खेलेको भूमिकाको प्रशंसा गर्नुका साथै आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कमी हुन नदिने बताउनुभयो ।

यसैगरी फेयर प्लेरमा दिपिका स्कुलले ट्रफि पाएको छ । म्यान अफ टुर्नामेन्ट नेक्ससका दिलन लिम्बु भएको छ भने बेष्ट गोलकिपर बेष्ट ग्रुप स्कुलका अनिल थापाले प्राप्त गरेको छ । यस्तै बेष्ट डिफेन्डर नेक्ससका खेलाडीले प्राप्त गरेको छ भने बेष्ट प्लेयर पनि नेक्कसका दिलन लिम्बु भएका छन् । बेष्ट फिल्डर बेष्ट ग्रुपका संयोग लामा भएको छ भने बेष्ट कोच नेक्ससका राजेश श्रेष्ठ भएका छन् । यसैगरी बेष्ट फरवार्ड नेक्ससका अनिष थापा मगर भएको जनरल कोअर्डिनेटर ज्ञानु श्रेष्ठले बताउनुभयो ।

फाइन कार्यक्रममा खेलमा सहभागी सबै विद्यालयका सञ्चालक, प्रिन्सिपल, प्रतिनिधिहरु लगायत खेलप्रेमी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्