प्रधानमन्त्री प्रचण्डलाई भेट्न काठमाडौँका मेयर बालेन पुगे बालुवाटार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् । मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ । महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो । केही ठाउँमा काम रोकिन थालेपछि बालेनले गृहमन्त्री भइसकेपछि रवि लामिछानेसँग पनि सहयोग मागेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्