कैलालीमा पहिचान खुल्न नसकेका एक जना मृत फेला

सांकेतिक तस्बिर

कैलाली –  कैलालीमा पहिचान खुल्न नसकेका एक जना मृत फेला परेका छन्। आइतवार दिउँसो जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित साहारा घरमा बस्दै आएका पुरुष मृत भेटिएका हुन्।

नाम, थर र ठेगाना खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरुष मृत फेला परेको सहारा घरका सञ्चालक बर्गगोरिया गाउँपालिका–२ का बलबहादुर विष्टले प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त लगत्तै प्रहरी निरिक्षक बिक्रम शाहीको नेतृत्वमा चार जना प्रहरी टोली सो स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्