प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

File Photo

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमाएका थिए । रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्