चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने

काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार, आयोगले संघीय संसद सचिवालयबाट औपचारिक पत्र नपाएसम्म सांसद पद रिक्त भएको जानकारी पाउँदैन । सर्वोच्च अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्