कैलालीको गौरीगंगामा आँखा शिबिर, बुधबार ४१४ जनाले सेवा पाए

प्रेम जाेशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका ४ -स्थित आधारभूत स्वास्थ्य केन्द्र राजीपुरमा आँखा शिबिर बुधबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो ।

शिबिरमा १ सय ५० जना पुरुष र २सय ६४ जना महिला गरि ४१४ सय जनाले आँखाको उपचार सेवा पाएका थिए। आँखामा मोती बिन्दु समस्या भएका ८८ जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ । आँखा जाँच गरिएका ६६ जनालाई चस्मा र ३२६ जनालाई निशुल्क औषधि बितरण गरिएको थियो ।

गौरीगंगा नगरपालिका उप प्रमुख भोज बहादुर बम, वडा ४ का अध्यक्ष राम बहादुर चौधरी र वडा सदयले अनुगमन गरेका थिए । शिबिरमा रेडक्रसकर्मी,स्वास्थ्यकर्मी,महिला स्वंयसेविका तथा समाजसेबी लगाएतको सहभागिता रहेको थियो । शिबिरमा धगगढी नेत्रालय प्रा.लि.का नेत्र सहायक शशी बुढा,केशब मास्कीको टोलीले आँखा जाँच गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्