कैलालीको गौरीगंगा-२ काे प्राथमिक स्वास्थ्य केन्द्र चौमलामा आँखा शिबिर सम्पन्न

प्रेम जाेशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका २ -स्थित प्राथमिक स्वास्थ्य केन्द्र चौमलामा आँखा शिबिर सोमबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो ।
शिबिरमा १ सय ४५ जना पुरुष र २ सय ६५ जना महिला गरि ४१० जनाले आँखाको उपचार सेवा पाएका थिए। आँखामा मोतीया बिन्दु समस्या भएका ६५ जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ । आँखा जाँच गरिएका ८४ जनालाई चस्मा र ३९० जनालाई निशुल्क औषधि बितरण गरिएको थियो ।

गौरीगंगा नगरपालिका उप प्रमुख भोज बहादुर बमले नगरबासीलाई गाउँ घरमै आबस्यकता अनुसार आँखामा समस्या भएका बिरामीलाई नगरपालिकाले ११ वटै वडाको लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने कुरा बताए । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा सभापति छ्त्र बहादुर बमले शिबिरमा निशुल्क आँखा जाँच ,औषधि,नजिक देखिने चस्मा बितरण तथा नेत्रालयमा निशुल्क अप्रेसन हुने बताए । वडा न.२ का वडा अध्यक्ष जनक साउद,कार्यपालिका सदस्य विशाल खवास, रेडकर्मी तथा समाजसेबी लगाएतको सहभागिता रहेको थियो । शिबिरमा धगगढी नेत्रालय प्रा.लि.का नेत्र सहायक शशी बुढा,केशब मास्कीको टोलीले आँखा जाँच गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्