कोरोनाको आशंकमा झापामा १ जना आइसोलेसनमा, २६ जना क्वारेन्टाइनमा

झापा – कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ ।

भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार जिल्लामा जम्मा २६ जना क्वारेन्टाइनमा राखिएका छन् ।

तीमध्ये मेचीनगर नगरपालिका मात्र २१ जना छन् । यो नगर नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । जिल्ला भर ७७ जना होम क्वारेन्टाइनमा छन् भने ३ सय २१ वटा क्वारेन्टाइन बेड छन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, झापाले विगत १५ दिनदेखि विभिन्न मुलुकबाट आएका व्यक्तिको विवतरण दिन हरेक वडामा रहेका टोल विकास समाजलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्