६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षिय युवक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौँ – सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज (शुक्रबार) पक्राउ गरिएको प्रहरी निरीक्षक अनील मिश्रले जानकारी दिए । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्