अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण, ९ रजत र ४ कास्य

काठमाडौ – भारतको चेन्नईस्थित तमिलनाडुमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको छ । चेन्नईकाे तमिलनाडु फिजिकल एजुकेशन तथा स्पोर्ट्स युनिभर्सिटीमा यही पुस १२ र १३ गते (डिसेम्बर २७, २८ तारिक)मा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपालबाट १२ जना पुरुष र ३ जना महिला गरी १५ खेलाडी सहभागी भएका थिए ।

प्रतियोगितामा नेपाली खेलाडी पुरुष व्यक्तिगत स्परिंग तर्फ ७ वर्षमुनि २८ केजी तौल समुहमा नतिज ढुंगेलले स्वर्ण पदक जितेका छन् । यस्तै, १० देखि १२ वर्षमुनि कलर वेल्ट ३४ केजी समुहमा सुभम खत्रीले रजत पदक र ग्रीन टिप प्याटर्न तर्फ काश्य पदक जितेका छन् । १२ वर्षमुनि कलर वेल्ट ३८ केजीमा छेजू लक्पा तामाङले रजत र एल्लो वेल्ट प्याटर्न तर्फ स्वर्ण पदक हात पारेका छन् । १३ देखी १५ वर्ष कलर बेल्ट ३८ केजीमा कुशल खड़काले स्वर्ण, सोही उमेर समूहमा ५१ केजी मुनिमा जयराम बिकेले रजत, ब्लैक टिप प्याटर्न तर्फ स्वर्ण र अर्जुन तामाङले कास्य र प्याटर्न तर्फ़ कास्य जितेका छन् ।

त्यसैगरी १३ देखी १५ बर्स कलरबेल्ट ६५ केजी मुनिमा रिजन श्रेष्ठले स्वर्ण र एलोटिप प्याटर्न स्वर्ण जीतेका छन् । १५ देखी १७ वर्ष ब्लैक बेल्ट ७८ केजी मुनिमा बिनोद बीकेले रजत र ब्लैक बेल्ट प्याटर्न तर्फ कास्य, १८ वर्ष उमेर समूह ५१ केजी मुनि तर्फ निकेश भुजेल रजत र ग्रीन बेल्ट प्याटर्न तर्फ स्वर्ण, १५ देखी १७ वर्ष रेड बेल्ट समूहमा अर्जुन गोलेले स्वर्ण, १८ बर्स ब्लैक बेल्ट ५८ केजी मुनि तर्फ कुन्साङ तामाङ स्वर्ण र ब्लैक बेल्ट प्याटर्न तर्फ पनी स्वर्ण पदक हात पारेका छन् ।

सोही उमेर समूहमा ब्लैक बेल्ट ६८ केजी मुनि तौल समूहमा बेरबहादुर घिसिङले स्वर्ण पदक जीतेका छन् । महिला १० वर्षमुनि कलर बेल्ट ४० केजी मुनिमा आकृति गुरुङले रजत र एलोबेल्ट प्याटर्न तर्फ रजत जितेकी छिन् । यस्तै १३ बर्समुनि कलर बेल्ट ४० केजी मुनिमा निकिता हुमागाईले रजत र एलो टिप प्याटर्न तर्फ स्वर्ण, १८ वर्ष माथी ब्लैक बेल्ट ५० केजी मुनि तौल समूहमा आरती सिंखवालले रजत र ब्लैक बेल्ट प्याटर्न तर्फ़ कास्य पदक जित्दै उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए । नेपालका टिम म्यानेजर नानीराम बस्नेत र श्रीप्रसाद खनालले भारतका विभिन्न स्टेटबाट सहभागी भएका धेरै जसो टिम, खेलाडी, ऑफिसियल तथा अभिभावकहरु नेपाली खेलाड़ीको उत्कृष्ट एवं अनुशासित खेलबाट धेरै नै प्रभावित भएकाे बताए ।

प्रतियोंगीतामा नेपालकी सस्मीनि बस्नेतले अम्पाएरकाे भूमिका निर्वाह गरेकी थिईन भने तेक्वान्दो आईटीएफ़ नेपालका संस्थापक अध्यक्ष तथा नेपालको लागी पहिलो आईटीएफ़ तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय मेडल (सन २००४ मलेशिया) तथा वर्ल्ड च्याम्पियनसिप (सन २०१६ यूके) मा स्पेयरिंग तर्फ़ कास्य पदक जीतेका  अन्तर्राष्ट्रिय ए क्लास रेफ़्री लक्ष्मण बस्नेतले प्रतियोगिता निर्देशकको भूमिका निर्वाह गरेका थिए । तेक्वान्दो आईटीएफ़ नेपालले आफ़नो स्थापना काल (सन २००४ ) देखी नै देखी बिदेशमा सम्पन्न भएका अन्तर्राष्ट्रिय, एशिया तथा बिश्व तेक्वान्दो प्रतियोंगीताबाट अपवाद बाहेक हालसम्म हरेक जसो खेलाडीले कुनै न कुनै मेडल जितेर नेपालको नाम बिश्वसामू प्रचार गरी देशको लागी योगदान दिन पाएकोमा गर्वको महसूस हुने गरेको अध्यक्ष लक्ष्मण बस्नेतले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्