आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

काठमाडौं – प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।

झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए । उनले भने, ‘प्रहरीले चार जनालाई पक्राउ गरेर लगेको छ, थप विषय प्रहरीबाटै थाहा होला ।’

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्