आज आंशिक बदली रहने, तराईमा हुस्सु लाग्ने

काठमाडौँ – हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।

यसको प्रभावले आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्