घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

दैलेखमा – घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको ज्यान गएको छ । आज बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँटीमा मासु अड्किएपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । उपचारकाे प्रयास भइरहँदा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्