दार्चुलामा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा भेटिएपछि . . .

काठमाडौँ – दार्चुलामा ससुराली आएका एक जना पुरुष झुण्डिएको अवस्थामा भेटिएका छन । दार्चुलाको महाकाली नगरपालिका वडा नं ७ मा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार बैतडी जिल्ला पुचौडी नगरपालिका वडा १० बस्ने वर्ष २४ का रमेश राम लोहार झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनी सोमबार ससुराली पुगेका थिए । मंगलबार बिहान ८–९ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हु्न् । लोहार झुण्डिएको देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म आत्महत्या हो वा अरुले नै झुण्ड्याएको हो भन्न नसकिने प्रहरीले जनाएको छ ।

मृतक लोहारका आफन्तहरुलाई समेत बोलाएको प्रहरीले जनाएको छ । प्रहरीले  घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्