सन्यास लिन्न, च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु : मेसी

काठमाडौं – अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् ।

उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भने । उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्