३६ वर्षपछि विश्व कपको उपाधि अर्जेन्टिनालाई

काठमाडौ – अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ ।
अर्जेन्टिना ३६ वर्षपछि विश्व कपको उपाधि जित्ने टीम बनेको छ । कतारको लुसेल स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गर्र्दै उपाधि जित्न सफल भएको हो ।

९० मिनेटसम २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त ३० मिनेट थप गरिएको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले भने गोल गर्न सकेनन् ।फ्रान्सका लागि केलियन एम्बाप्पेले ’ह्याट्रिक’ गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्