सरकारले शिक्षा निति सुधार गर्नु आवश्यक : अध्यक्ष हमाल

काठमाडौँ –  राष्ट्रिय निजी तथा आवासीय विद्यालय (नेसनल प्याब्सन)का केन्द्रिय अध्यक्ष पाण्डव हमालले नेपालमा शिक्षा निति सुधारको आवश्यकता भएको बताएका छन् । आइतबार दाङको तुलसीपुरमा रिपोर्टस क्बल दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले दुरदराजका विद्यालयहरुको अवस्था हेरेर समग्र शिक्षा निति सुधार गर्न राज्यको ध्याणाकर्षण हुनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले सरकारले शिक्षालाई उचित रुपमा मुल्यांकन गर्न नसकेको आरोप पनि लगाएका छन् । जबसम्म सरकारले शिक्षालाई संस्कार र समृद्धिको रुपमा अगाडी बढाउन सक्दैन तबसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने अध्यक्ष हमालको जिकिर छ । शिक्षा र विद्यार्थीलाई उच्च प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए ।

साथै उनले ९औं संसोधित शिक्षा ऐनको कार्यान्वयन अन्तिम चरणमा पुगेको समेत बताए । त्यस्तै उनले कानुन मन्त्रालय र अर्थ मन्त्रालयबाट अहिले शिक्षा समितिमा आईसकेको र त्यसको शिक्षा ऐनको मस्यौदा लेख्नको काम सकाएर बुझाएको पनि बताए ।

रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, उपाध्यक्ष सुबोध कुमार डाँगी, दाङ जिल्ला अध्यक्ष बिमल गौतम लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्