उच्च पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

File Photo

काठमाडौं – आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षा हुनुका साथै उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू-भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। साथै देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोसमेत बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्