दार्चुला जादैँ गरेको बसको ठक्करबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर – कञ्चनपुरमा बसको ठक्करबाट स्नातकमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न साइकलमा सवार विद्यार्थी वेदकोट नगरपालिका वडा नम्बर ६ सिसैयाका कविराज बैजलाई ठक्कर दिएको थियो ।

महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन बैजलाई मृत्यु भएपछि आक्रोशित नागरिकहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

अनुसन्धानका लागि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्